२२ बैशाख २०८१, शनिबार

नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजुमा आगलागी


नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यालय बालाजुस्थित बनस्थलीमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगलागी भएको बालाजु प्रहरी वृत्त स्रोतजानकारी दिएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हो । प्रहरीका आगलागी नियन्त्रणमा आइसकेको छ । काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो । आगलागी भएको एक घण्टापछि आगो नियन्त्रणमा आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !