२३ बैशाख २०८१, आइतबार

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनलाई जोख्न राष्ट्र बैंकमा लगिँदै


सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बरामद गरिएको सुनको जोख्न नेपाल राष्ट्र बैंकमा लगिँदै छ । आज बिहान १० बजेपछि उक्त सुन राष्ट्र बैंकमा लगेर जोखिने बताइएको छ ।

राजस्व अनुसन्धान विभागले हिजो बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट झण्डै १०० किलो सुन बरामद गरेको थियो । उक्त बरामद गरिएको सुन राष्ट्र बैंकमा लगेर जोखेपछि वास्तविक तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको थियो ।सुन हङ्कङबाट आएको खुलेको छ । थप अनुसन्धान जारी रहेकाले आजसम्ममा धेरै कुराहरु खुल्ने पनि बताइएको छ ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका अन्य व्यक्तिको खोजी जारी छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !