२३ बैशाख २०८१, आइतबार

प्युठान कार दुर्घटना (अपडेट) : ८ जना तीर्थयात्रीको मृत्यु


प्युठान कार दुर्घटना

काठमाडौं । प्युठानको स्वर्गद्वारीबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जना तीर्थयात्रीको मृत्यु भएको छ । आज सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको थियो ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा प्युठानको स्वर्गद्वारी नगरपालिका–४, भ्यागुते भन्ने ठाउँमा लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिकासहित ८ जना गम्भीर घाइते भएपछि उद्धार गरी अस्पताल पठाइएको थियो ।

जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । यद्यपि १ जना बालकको भने सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह, तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !