१८ बैशाख २०८१, मंगलबार

आजदेखि दुई साता मेलम्चीको पानी वितरण रोकिने


मेलम्चीको पानी

सिन्धुपाल्चोक । आजदेखि दुई साता मेलम्चीको पानी वितरण रोकिने भएको छ । मर्मतका लागि मेलम्चीको पानी आजदेखि दुई साता रोकिने भएको हो ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !