२३ बैशाख २०८१, आइतबार

गोरखाको बलुवा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प


भूकम्प

काठमाडौँ । गोरखा जिल्लाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखाको बलुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, लमजुङ लगायतका जिल्लामा महसुस गरिएको थियो ।  पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।

यसअघि गत चैत १८ गते शनिबार दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !