२२ बैशाख २०८१, शनिबार

यातायात मजदुरको आन्दोलन फिर्ता, सार्वजनिक सवारी तत्काल खुल्ने


यातायात मजदुर र सरकारबीच वार्ता

काठमाडौं । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात ठप्प गर्ने यातायात मजदुरको आन्दोलन फिर्ता भएको छ । सरकारसँगको छलफलपछि यातायात मजदुरले आन्दोलन फिर्ता लिएका हुन् ।

सरकार र यातायात मजदुरबीच काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ । सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनले बन्द, हड्ताल फिर्ता लिने घोषणा गरेका हुन् ।

आज मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदुर संगठनका पदाधिकारी आजै सार्वजनिक सवारीसाधन पुनः सञ्चालन गर्न तयार भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !