२० बैशाख २०८१, बिहिबार

काभ्रे बेथानचोक बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १७ जना पुग्यो


काभ्रेको बेथानचोकमा बस दुर्घटना

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । काभ्रेको बेथानचोकमा आज मंगलबार साँझ ६ बजेतिर बस दुर्घटना भएको थियो ।

बा ३ ख ४३८५ नम्वरको रिभर्ज बस काभ्रेको बेथानचोकको चलालमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यद्यपि मृतकहरुको अहिलेसम्म पहिचान हुन सकेको छैन । जिल्लाको बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि गाउँपालिका-५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको थियो ।

घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार गरिएको थियो । दुर्घटनाको बारेमा थप जानकारी आउँन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !