२५ बैशाख २०८१, मंगलबार

सिन्धुपाल्चोकको नेपाल-चीन सीमाना केन्द्रविन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प


भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको नेपाल-चीन सीमाना केन्द्रविन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको छ । आज दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक नजिक नेपाल-चीन सिमाना आसपास केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरु धादिङ, गोरखा, चितवन, काभ्रेपलान्चोकमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !