१८ बैशाख २०८१, मंगलबार

सर्लाहीमा अज्ञात समूहद्वारा सहकारीका कर्मचारीमाथि गोली प्रहार


Fire

मलङ्गवा । सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । सर्लाहीको बागमती नगरपालिका-१ मिलनचोकमा लालबन्दी नगरपालिका-२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

आज बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिकाको मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनी आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा ३ जनाको अज्ञात समूहले तीन राउन्ड गोली प्रहार गरेर भागेका थिए । मध्यम स्वास्थ्य अवस्था भएका उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

अज्ञात समूह भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका छन् । घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट उनलाई काठमाडौं पठाइएको छ ।

अज्ञात समूहले गोली हानेर भागेको भन्ने खबर पाएपछि प्रहरीले सबै इकाइलाई अलर्ट गरी चेकजाँच गरी उनीहरूको खोजी जारी राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !