५ जेष्ठ २०८१, शनिबार

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर ललितपुर महानगरमा राखिने, राष्ट्रपति र प्रधानमन्त्री पनि जाने


सत्यमोहन जोशी

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिकाको प्रांगणमा उपस्थित हुने जाने भएका छन् ।

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने भएपछि राष्ट्रपति र प्रधानमन्त्री ललितपुर जाने भएका हुन् ।आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्रांगणमा राखिने भएको हो ।

जोशीको १०३ वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए ।

जोशीप्रति श्रद्धाञ्जली अर्पणपछि उनको पार्थिव शरीर पुनः ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा लगिनेछ । जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार अध्ययनका लागि सोही अस्पतालमा राखिने अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !