२२ बैशाख २०८१, शनिबार

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार भएन, चिन्ताजनक छ : किष्ट अस्पताल


सत्यमोहन जोशी

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

 किष्ट अस्पताल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !