१४ बैशाख २०८१, शुक्रबार

चट्याङ लागेर सुनसरीमा २ जनाको मृत्यु


मौसम

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !