१४ बैशाख २०८१, शुक्रबार

ललितपुर महानगरको अल्टिमेटम : अवैध संरचना ३५ दिनभित्र हटाउनु


ललितपुर महानगरपालिका

काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । ललितपुर महानगरपालिकाले आज ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन निर्देशन दिएको हो ।

तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ । ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढीलगायतका संरचना हटाउन महानगरले निर्देशन दिएको हो ।

यस्तो छ हेर्नुस् ललितपुर महानगरले दिएको अल्टिमेटम

ललितपुर महानगरले दिएको अल्टिमेटम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !