१४ बैशाख २०८१, शुक्रबार

रौतहटमा चट्याङ लागेर ३ जना महिलाको मृत्यु


मौसम

रौतहट । रौतहट जिल्लामा चट्याङ लागेर ३ जना महिलाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका-३ मलाहीमा आज मंगलबार बिहान चट्याङ लागेर ३ जना महिलाको मृत्यु भएको हो ।

चट्याङ लागेर मृत्यु हुनेहरुमा गरुडा नगरपालिका-३ मलाहीगाउँका रुपनारायण सहनीकी श्रीमती ३९ वर्षीया सुदमिया देवी, छोरी १७ वर्षीया जगिया कुमारी र स्थानीय सत्यनारायण सहनीकी १८ वर्षीया छोरी मनिषा कुमारी रहेका छन् ।

प्रहरीका अनुसार स्थानीय सरोज सहनीको धान खेतमा काम गरिरहेका बेला बिहान साढे ७ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारको लागि सिटी हस्पिटलमा पुर्‍याइए तापनि उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै चट्याङ लागेर सत्य नारायण सहनीकी ४० वर्षीया श्रीमती सहेली देवी घाइते भएकी छन् । प्रहरीका अनुसार घाइते सहेली देवीको उपचार सिटी हस्पिटलमा जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !