४ जेष्ठ २०८१, शुक्रबार

अमेरिका निवासी सुरेश भण्डारीद्वारा हेमवतेश्वर वेदविध्याश्रमलाई सहयोग


वेदविध्याश्रमलाई सहयोग

काठमाडौँ । अमेरिका निवासी नेपाली सुरेश भण्डारीले श्री हेमवतेश्वर वेदविध्याश्रमलाई सहयोग गरेका छन् । भण्डारीले हेमवतेश्वर वेदबिध्याश्रमलाई संचालन गर्न सो रकम सहयोग गरेका हुन् ।

नुवाकोटको तादि-५ बाहुनबेसीस्थित श्री हेमवतेश्वर वेदबिध्याश्रमलाई गत गुरुपुर्णिमाको अवसरमा नर्जा बाहुनवेशीका अमेरिका बस्दै आएका भण्डारीले सहयोग गरेका हुन् । भण्डारीको तर्फबाट लक्ष्मी खतिवडा भण्डारीमार्फत उक्त गुरुकुल पाठशालालाई चौबिस हजारको चेक हस्तान्तरण गरिएको थियो ।

हेमवतेश्वर वेदबिध्याश्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !