१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँको बालाजु बाइसधारामा भीषण आगलागी


बालाजु बाइसधारामा भीषण आगलागी

काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । राजधानी काठमाडौंको बालाजु बाइसधारास्थित वान वर्ल्ड जुत्ता कारखानामा आज बुधबार आगलागी भएको हो ।

आगलागीपछि सो जुत्ता कारखानाबाट नजिकमा रहेका घरहरू समेत जोखिममा परेको प्रहरीले बताएको छ । आगलागी भएको क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिन प्रयास गरिरहेको बुझिएको छ ।

नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास भईरहेको छ । घरमा आगलागीपछि ललितपुर र काठमाडौंको दमकलको सहयोगमा निभाउने प्रयास जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ भईरहेको बताएको छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बालाजु बाइसधारामा भीषण आगलागीबालाजु बाइसधारामा आगलागी बालाजु बाइसधारामा आगलागी बालाजु बाइसधारामा आगलागी बालाजु बाइसधारामा आगलागी बालाजु बाइसधारामा आगलागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !