२५ बैशाख २०८१, मंगलबार

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्म धक्का महसुस


भूकम्प

काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । आज आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिकास्थित मार्टिनविर्ता केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौँ उपत्यका आपसपासका स्थानीयवासीले समेत महसुस गरिएको छ ।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !