४ जेष्ठ २०८१, शुक्रबार

झापाको चिया बगानमा तीन किशोरीले सामुहिक आत्महत्या गरेको पुष्टि


झापा सामूहिक आत्महत्या

झापा । झापाको चिया बगानस्थित रुखमा झुन्डिएको अवस्थामा मृत फेलापरेका तीन किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय झापा स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टले आत्महत्या पुष्टि गरेको हो ।

यद्यपि के कारणले सामुहिक आत्महत्या गरे भन्ने कारण केही नखुलेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गत आइतबार झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुण्डिएरको अवस्थामा मृत फेला परेका थिए ।

ती ३ जना स्थानीय किशोरीमध्ये दुईजना एउटै हाँगामा र अर्की एक जना अर्को हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका थिए । स्थानीयका अनुसार तीनैजना उनीहरू शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए ।

यो पनि पढ्नुहोस्

शोकमा डुब्यो पुरै दले गाउँ, बिहान कसैको घरमा खानासमेत पाकेन

झापामा चिया बगानमा तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !