७ बैशाख २०८१, शुक्रबार

झापामा चिया बगानमा तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला


झापा सामूहिक आत्महत्या

झापा । झापा जिल्लाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुण्डिएरको अवस्थामा मृत फेला परेका हुन् ।

प्रारम्भिक छानबिनका क्रममा ती ३ जना स्थानीय किशोरीले सामूहिक आत्महत्या गरेको हुनसक्ने प्रहरी कार्यालय झापा स्रोतले जनाएको छ । दुईजना एउटै हाँगामा र अर्की एक जना अर्को हाँगामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् । स्थानीयका अनुसार तीनैजना उनीहरू हिजो शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए ।

झापा सामूहिक आत्महत्या

उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । तीनै जना किशोरी सोही चिया बगानमा काम गर्ने गरेको पनु बुझिएको छ ।

यद्यपि सामूहिक आत्महत्याको कारण भने अझसम्म खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको छ । प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । उक्त घटनाले पुरै गाउँ नै शोकमा डुबेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !