२५ बैशाख २०८१, मंगलबार

आफ्नै घरमा बाँकेको कोहलपुरमा एक दम्पती मृत फेला


शव फेला

कोहलपुर । बाँके जिल्लाको कोहलपुर नगरपालिका-१४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।

श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले बताएको छ । कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ ।

उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यसरी देशभर केही समययता आत्महत्या, हत्या र हिँसाका घटना वृद्धि हुँदै गएका छन् ।

श्रावण ८ गते आइतबार झापा जिल्लाको कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको एउटै बयरको रुखमा तीन जना किशोरीले झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनीहरुले सामूहिक आत्महत्या गरेको हुनसक्ने प्रहरी जनाएको छ ।

यस्तै हिजो श्रावण ९ सोमबार चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमान्को समेत मृत्यु भएको थियो ।

त्यस्तै हिजै विराटनगर महानगरपालिका–९ की ६७ वर्षीया अमराउदेवी कोठारी आफ्नै घरभित्र पूर्ण रूपमा जलेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !