१३ जेष्ठ २०८१, आइतबार

सिन्धुपाल्चोकमा एकाबिहानै ४.७ रेक्टर स्केलको भूकम्पको धक्का


भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ । आज सोमबार राबिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का छिमेकी जिल्लामा महसुस गरिएको छ । एकाबिहानै भुकम्पको धक्काले महसुस भएपछी केहि मानिसहरु घर बाहिर निक्लिएका छन । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !