१४ बैशाख २०८१, शुक्रबार

सप्तरीको पोखरीमा डुबेर २ जनाको मृत्यु


नहरमा डुबेर

राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज पोखरीमा डुबेर २ जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका– ५ पिपरापूर्वस्थित पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ ।

अत्यधिक गर्मी भएपछि साथीहरुसँग पोखरीमा नुहाउन गएकी स्थानीय जीवन सदाको १३ वर्षीय छोरी सेलरी सदाको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ मुसहरीको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय लुराइ सदाको ३० वर्षीय छोरा रामउदगार सदा रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !