२१ बैशाख २०८१, शुक्रबार

फेरि बढ्यो गाडी भाडा, कुन रुटको कति पुग्यो ? (सूचीसहित)


सार्वजनिक सवारी साधन

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि वृद्धि गरेको छ । सरकारले अन्तरप्रदेश चल्ने यात्रुबाहक तथा मालबाहक सवारीको भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै हिजो सोमबारदेखि लागू हुने गरी अन्तर प्रदेश यातायातका सार्वजनिक यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

विभागका अनुसार यात्रुबाहक सवारीमा १.७९ प्रतिशत भाडा बढेको छ । यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.३४ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा २.६ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकैपटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजन गर्ने नीति अनुरुप भाडा बढाएको विभागले जनाएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा दर परिवर्तन हुने उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् यातायात व्यवस्था विभागले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !