२० बैशाख २०८१, बिहिबार

जापानी पूर्वप्रधानमन्त्री आबेको निधनप्रति देउवा र ओलीद्वारा श्रद्धाञ्जली व्यक्त


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौँ । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनको खबर सुनेर आफूलाई गहिरो दुःख लागेको बताएका छन् । देउवाले आबे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि भएकोले यस दु:खद घडीमा आबेको आत्माको चिर शान्तिको कामना गर्दै जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुप्रति गहिराे समवेदना व्यक्त गरेका छन् ।

यस्तै एमाले अध्यक्ष ओलीले जापानका पूर्वप्रधानमन्त्री आबेको निधनले आफू धेरै दुःखी हुनुको साथै पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना समेत गरेका छन् । ओलीले आबे नेपालको परम मित्र हुनुको साथै उनी प्रधानमन्त्री हुँदा नेपाल-जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका स्मरण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !