बालुवाटारस्थित सुनौलो परिवारको कार्यालयमा लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा Nepalpatraबालुवाटारस्थित सुनौलो परिवारको कार्यालयमा लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा
३० श्रावण २०७९, सोमबार

बालुवाटारस्थित सुनौलो परिवारको कार्यालयमा लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा


सुनौलो परिवार नेपाल

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहान ६ बजेबाट सुनौलो परिवार कार्यालयको भवनमा सुरु भएको थियो ।

प्रहरीका अनुसार सो कार्यालयको स्टोरबाट आगो सल्किएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतकाअनुसार ५ वटा दमकल प्रयोग गरेर  आगो नियन्त्रणमा लिइएको हो ।

काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने काम भएको थियो । आगो नियन्त्रणमा लिन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयाेग गरिएकाे  थियाे । आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !