१२ बैशाख २०८१, बुधबार

बालुवाटारस्थित सुनौलो परिवारको कार्यालयमा लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा


सुनौलो परिवार नेपाल

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहान ६ बजेबाट सुनौलो परिवार कार्यालयको भवनमा सुरु भएको थियो ।

प्रहरीका अनुसार सो कार्यालयको स्टोरबाट आगो सल्किएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतकाअनुसार ५ वटा दमकल प्रयोग गरेर  आगो नियन्त्रणमा लिइएको हो ।

काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने काम भएको थियो । आगो नियन्त्रणमा लिन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयाेग गरिएकाे  थियाे । आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !