एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शंकास्पद वस्तु Nepalpatraएमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शंकास्पद वस्तु
२८ श्रावण २०७९, शनिबार

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शंकास्पद वस्तु


शंकास्पद वस्तु

झापा । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शंकास्पद वस्तु फेला परेको छ ।

आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताए । शंकास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !