२१ बैशाख २०८१, शुक्रबार

फेरि बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कुन रुटको कति पुग्यो ? (सूचीसहित)


काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि वृद्धि गरेको छ । सरकारले अन्तरप्रदेश चल्ने यात्रुबाहक तथा मालबाहक सवारीको भाडा बढाएको हो । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधन यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

हिजो आइतबार रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढेको हो । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा भाडा बढाएको हो ।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकैपटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजन गर्ने नीति अनुरुप भाडा बढाएको विभागले जनाएको छ ।स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

सरकारले पेट्रोलियम पदार्थको पुन: मूल्यवृद्धि गरेको थियो । नेपाल आयल निगमले हिजो राति १२ः ०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । निगमले गरेको मुल्यवृद्धिअनुसार अव पेट्रोलको मूल्य प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।

निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको हालको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जानकारी दिएको छ ।

यस्तो छ हेर्नुहोस् यातायात व्यवस्था विभागले निकालेको सूचना

यो पनि पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर १९९ र डिजेल-मट्टीतेल १९२

गाडी भाडा फेरि बढ्यो, कुन रुटको कति पुग्यो ? (सूचीसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !