१४ बैशाख २०८१, शुक्रबार

पहिरा खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध


कालीगण्डकी करिडोर

रामपुर, पाल्पा । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ ।

रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडीहरू र काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोती लगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले जानकारी दिए । माथिबाट सुक्खा पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल बाटो खुलाउने काम जोखिम भएको प्रहरी चौकी केलादीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !