१४ बैशाख २०८१, शुक्रबार

तनहुँको चुँदीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु


नहरमा डुबेर

दमौली । तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !