२५ बैशाख २०८१, मंगलबार

भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर एकाबिहानै ४.७ म्याग्निच्युडको भूकम्प


भूकम्प

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज शनिबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर एकाबिहानै ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

काठमाडौँ उपत्यकावासीहरु भूकम्पको धक्का महसुस गारीपछि घरवाट बाहिर निस्केका थिए । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लाहरुमा महसुस गरिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !