१९ बैशाख २०८१, बुधबार

फोहोर विसर्जन गर्ने विषयमा बञ्चरेडाँडामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


बञ्चरेडाँडामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । धादिङ जिल्लाको बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने विषयमा विवाद हुँदा आज पनि झडप भएको छ । फोहर विसर्जन गर्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएर झडप भएको हो ।

उपत्यकाको फोहर विसर्जन गर्न बञ्चरेडाँडामा गएका गाडीमाथि स्थानीयले ढुंगामुढा हानेर तोडफोड गरेपछि प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार समेत प्रहार गरेको छ ।

प्रहरीका अनुसार १५ वटा गाडीमाथि तोडफोड गरिएको छ । मंगलबार पनि फोहोर विसर्जन गर्ने विषयमा विवाद भएर झडप भएको थियो ।

दुई दिनअघि सरकार, महानगर र स्थानीबच फोहोर फाल्ने विषयमा सहमति जुटे पनि स्थानीयहरुले मुआब्जा, रोजगारी, स्वास्थ्य बिमा गर्नुपर्ने लगायतका माग राख्दै दिनहुँ प्रदर्शन जारी राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !