१४ बैशाख २०८१, शुक्रबार

काठमाडौंको फर्पिङस्थित जंगलमा युवा-युवती मृत भेटिए


शव फेला

काठमाडौं । काठमाडौं जिल्लाको फर्पिङस्थित जंगलमा युवा-युवती मृत भेटिएका छन् । आज सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी युवा-युवती मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक-युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । मृतक युवा-युवतीको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार करिव २२/२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएका हुन् । उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलि नसकेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !