२२ बैशाख २०८१, शनिबार

गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा हुँदा काठमाडौँका एक पुरुषको मृत्यु


दुर्घटना

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका-५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरीले दिएको सूचनामा त्रुटिबस कमलराज दानीको नाम पर्न गएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सच्च्याइएको जनाएको छ ।

चितवनबाट जन्ती बोकेर गोरखा आएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप फर्कने क्रममा फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !