२५ बैशाख २०८१, मंगलबार

स्थानीय चुनाव : महिला आकांक्षी किन कम ?


काठमाडौं । वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन् ।

राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा मुख्य पदमा उम्मेदवार बन्न इच्छुक छन् । आकांक्षीहरू आफ्नो पक्षमा पार्टीबाट निर्णय गराउन भेटघाट र दौडधुपमा व्यस्त छन् ।

राजनीतिक वृत्तसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि उम्मेदवारका आकांक्षीबारे चर्चा हुन थालेको छ । विभिन्न दलबाट पालिकामा उम्मेदवार बन्न चाहनेको लामो सूची छ । तर यो सूचीमा धेरैजसो पुरुष छन् ।

महिला आकांक्षीमध्ये एकाधबाहेक अरूको चर्चा पनि कम छ । महिला आकांक्षी भए पनि पुरुषजस्तो खुलेका छैनन् ।

पोखरा महानगरपालिकाको मेयरमा एमालेभित्र बहालवाला उपमेयर मञ्जुदेवी गुरुङको चर्चा छ । त्यस्तै कांग्रेसभित्र मेयरका लागि सरस्वती गुरुङ चर्चामा छिन् । आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !