२२ बैशाख २०८१, शनिबार

सरकारद्वारा सार्वजनिक सवारी साधनको गाडी भाडा बढाउने निर्णय


सार्वजनिक यातायात सांकेतिक तस्वीर

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको गाडी भाडा बढाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो ।

मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारी साधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले रुटगत भाडादर आइतबार मात्र प्रकाशित गर्नेछ ।

यसअघि पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडादर समायोजन गर्ने माग राख्दै आएकोमा सरकारले भाडा बढाउने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !