२६ बैशाख २०८१, बुधबार

जीप दुर्घटनाबाट ११ जना घाइते


दुर्घटना

पाँचथर । पाँचथरमा बोलेरो जीप दुर्घटना भएको छ। प्रहरीका अनुसार ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएका छन् ।

त्यस्तैगरी सोही ठाउँका कृष्ण थामी, श्रीमती गोमा थामी, कल्पना शिवा, सुरेश चौधरी र सुस्मिता शिवा घाइते भएकी छन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

त्यस्तैगरी सम्झना दर्जी, सुजता शिवा, इन्द्रबहादुर कामी, कमल राई, प्रकाश तामाङ पनि घाइते भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !