२१ बैशाख २०८१, शुक्रबार

हत्याको आरोपमा एकजना पक्राउ


पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीका अनुसार २४ वर्षीया लक्ष्मी तामाङ (थापा)को हत्या गरेको आरोपमा उदयपुरको कटारी घर भएका २१ वर्षीय भक्तबहादुर थापालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका थापालाई प्रहरीले हतियारसहित पक्राउ गरेको जनाइएको छ । घाइतेलाई तत्काल उपचारका लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !