२६ बैशाख २०८१, बुधबार

कर्मचारीमा एमालेको बर्चस्व, मधेसी मञ्चको धरौटी जफत !


CBA-Election

काठमाडौं— राज्य संयन्त्रलाइ अाैपचारिक रूपमा राजनीतिकरण गर्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको नेता छान्न भएको चुनाबमा एमाले भातृ संगठन निजामती कर्मचारी संगठनले वर्चश्व जमाएको छ।
दोस्रोमा कांग्रेस भातृ संगठन नेपाल निजामती कर्मचारी युनियन रहेको छ। मधेसी पार्टीहरुको भातृ संगठन मधेशी निजामती कर्मचारी मञ्च माओवादी केन्द्रभन्दा बढी स्थानमा विजयी भएको छ।

बुधबार भएको निर्वाचनको नतिजा बिहीबार बिहान आएको हो। देशभरि ४२ विभागीय र ७५ जिल्ला कार्यसमिति गरी ११७ स्थानको चुनावी परिणाम सार्वजनिक भएको हो। नतिजाअनुसार एमालेको नेपाल निजामती कर्मचारी संगठनले ८२ स्थानमा विजय हासिल गरेको छ। कांग्रेसको निजामती कर्मचारी युनियनले २५ स्थानमा चित्त बुझाएको छ भने मधेसी निजामती कर्मचारी मञ्च ७ स्थानमा विजयी भएको छ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती २ स्थानमा विजय हुन सफल भएको छ भने एउटा स्थानमा नेपाल निजामती कर्मचारी संगठनमा बराबरी भएको छ।

बुधबार भएको निर्वाचनमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ कर्मचारीले मतदान गरेका थिए।

मधेसी मोर्चा निकट मञ्चको भने धरौटी नै जफत भएको छ अर्थात् आधिकारीक ट्रेड युनियनको केन्द्रीय समितिमा मञ्चको सहभागिता हुनेछैन । मञ्चले देशभर ७ केन्द्रमा भने पहिलो स्थान हात पारेको थियो । तर कुल मतको हिसाब गर्दा १० प्रतिशत मत पाउन सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !