२४ बैशाख २०८१, सोमबार

आरजु राणा भन्छिन्- आध्यात्मिक चिन्तनमा लागेपछि मात्र जीवनको महत्व थाहा हुन्छ


डा. आरजु राणा देउवा

कैलाली । सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाएकी छन् ।

डा. देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाएकी हुन् ।

बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

समाजका कैयन् ठूला परिवर्तन, विविध जटिल समस्या एवं द्वन्द्वहरुको समाधानसमेत सकारात्मक सोचबाट मात्र सम्भव भएका अनेक दृष्टान्त प्रस्तुत गर्दै नेत्री डा. देउवाले भनिन्, “आध्यात्मिक चिन्तन र व्यवहारले नै मानिसलाई आफ्नो जीवनका हरेक कठिनाइको सामना गर्न सहयोग पुग्दछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !