२१ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक सरुवा (सूची)


प्रहरी प्रधान कार्यालय

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकलाई काज सरुवा गरिएको छ । मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ । सरुवा पत्रअनुसार म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ ।

सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !