२२ बैशाख २०८१, शनिबार

श्रीमतीको कुटाइबाट ४३ वर्षीय श्रीमानको मृत्यु


शव फेला

मकवानपुर । हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ । प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर-३ जम्बोमा मंगलबार साँझ श्रीमतीको कुटाइबाट ४३ वर्षीय मित्र लाल सुनारको मृत्यु भएको हो ।

मृतक सुनारको उनकै श्रीमती ४१ वर्षीय अनिता विकको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विवादमा मादक पदार्थ सेवन गरी विकले श्रीमानलाई हातले धकेल्दा लडेर घाइते भएका सुनारको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !