२५ बैशाख २०८१, मंगलबार

एनआरएनएको निर्वाचन तत्काल नगर्न उच्च अदालतको अन्तरिम आदेश


एनआरएनए

ललितपुर । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश दिएको छ ।

यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।

न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले सोमबार नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै सो आदेश गरेको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !