२० बैशाख २०८१, बिहिबार

नुहाउने क्रममा बेपत्ता भएका तीनजनाको शव भेटियो


मृत्यु

सुर्खेत । भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । प्रहरीका अनुसार गत शनिबार नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एक जनाको बुधबार र दुईजनाको बिहीबार शव भेटिएको हो ।

प्रहरीका अनुसार नुहाउने क्रममा बेपत्ता भएका लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको बुधबार शव भेटिएको थियो ।

प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजाली र सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको शव शव भेरीगंगा नगरपालिका–१३ स्थित भेरी नदी किनारमा भेटिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !