१४ बैशाख २०८१, शुक्रबार

मकवानपुरको मनहरीमा बस दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते


दुर्घटना

हेटौडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-६ कुलचोकमा आज शुक्रबार बिहान ८ः३० बजे बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतका अनुसार बा ४ ख ४४५४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेमा बसका सहचालक नुवाकोट तारकेश्वर नगरपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । ।

प्रहरीका अनुसार हेटौंडाबाट चितवन जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको बस बिहान पौने ९ बजे मनहरी नगरपालिका-६ मा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरूलाई थप उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको उनको भनाइ थियो । घाइते भएकाहरूलाई चितवन अस्पताल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !