२४ बैशाख २०८१, सोमबार

प्रहरी हेडक्वाटरद्वारा म्यादी प्रहरीमा १ लाख जनशक्ति भर्ना खुला


नेपाल प्रहरी केन्द्रिय कार्यालय

काठमाडौँ । प्रधान कार्यालयले स्थानीय तह निर्वाचनका लागि प्रहरी १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । आज मंगलबार प्रहरी प्रधान कार्यालयले उक्त संख्यामा दरखास्त माग गरेको हो ।

आगामी चैत ६ गतेदेखि चैत ११ गतेसम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् । म्यादी प्रहरीको फारम देशभरका ७७ जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा पाइनेछ ।

म्यादी प्रहरीमा आवेदन दिन साधारण लेखपढ गर्न जानेको, शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण हुनुपर्नेछ । पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउनेछन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीको छनौट भने २०७८ चैत १५ गतेबाट शुरु हुनेछ भने चैत २२ गते अन्तिम नतिजा प्रकाशन गरिने छ ।

यस्तो छ हेर्नुहोस् प्रधान कार्यालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !