१५ बैशाख २०८१, शनिबार

धनकुटास्थित तमोर नदी किनारमा एक महिला मृत फेला


नहरमा डुबेर

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकि छन । मृत फेला परेकि महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकी छन् ।

लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रमदेखि हराई बेपत्ता भएकिमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो ।

मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !