२० बैशाख २०८१, बिहिबार

मनमैजुबाट १० जुवाडे पक्राउ


tas

काठमाडौं । मनमैजुबाट १० ‘जुवाडे’ पक्राउ परेका छन् । प्रहरीका अनुसार जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले उनीहरूलाई नगद एक लाख नौ हजार ७४५ रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !