१४ बैशाख २०८१, शुक्रबार

भेरी नदीमा नुहाउन गएका ३ जना बालबालिका बेपत्ता


नहरमा डुबेर

वीरेन्द्रनगर । भेरी नदीमा नुहाउने गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा हिजो शनिबार साँझबाट ३ जना बालबालिका बेपत्ता भएका हुन् ।

हिजो साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ का १० वर्षीय गङ्गा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।

हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

६ जनाको समूहमा नहुन गएकामा नुहाउने क्रममा ३ जना बेपत्ता भएको प्रहरीले बताएको छ । प्रहरीले हिजो राति ११ बजेसम्म खोजी कार्य गरेकोमा आज विहानैबाट खोजी जारी राखेको छ । १३ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !