२१ बैशाख २०८१, शुक्रबार

नेपाल प्रहरीको स्पष्टोक्ति : म्यादी प्रहरी माग गरिएको छैन


प्रहरी प्रधान कार्यालय

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित-प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी हालसम्म यस्तो सूचना प्रकाशित÷प्रसारित नगरिएको जानकारी गराएको छ ।

आवश्यक पर्ने म्यादी प्रहरीका सम्बन्धमा नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यमबाट भविष्यमा प्रकाशित हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !